कांग्रेसलाई मन्त्री बाँस्कोटाको कटाक्ष– परालको त्यान्द्रो समातेर पार लाग्न सकिँदैन « Khabarhub

कांग्रेसलाई मन्त्री बाँस्कोटाको कटाक्ष– परालको त्यान्द्रो समातेर पार लाग्न सकिँदैन


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको बारेमा कुरा गर्नु भन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरे ।

कुनै समय कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएको कांग्रेसले अहिले सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्यो भन्न नमिल्ने उनको तर्क थियो ।

उनले भने “स्वतन्त्रताको मसिया धेरै बन्नु पर्दैन । मैले बारम्बार भन्ने गर्या छु । कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउनेले पनि यो कुरा उठाउनु आवश्यक छैन । १५ सालमा विपि कोइरालाको दुई तिहाईको सरकार हुँदा मणिराज उपाध्यायाको पत्रिकालाई आलोचना गरे वापत लोककल्याणकारी विज्ञापन दिइएको थिएन । मैले भनेको होइन । भीष्मबहादुर देवकोटाले लेखेको हो । ”

अरु मुद्दा नभएपछि कांग्रेसले मिडिया काउन्सिल विधेयकलाई “परालको त्यान्द्रो समातेर पार लाग्न सक्छ कि” भन्ने सोचेर प्रयोग गरेको मन्त्री बाँस्कोटाको आरोप थियो ।

उनले भने “लोकतन्त्र र स्वतन्त्र प्रेसलाई अप्ठ्यारो पार्ने कुनै कुरै छैन । यो चाही अरु मुद्दा सकिएपछि परालको त्यान्द्रो समातेर पार लागिन्छ कि भनेर नभन्ठान्नु । हुँदै नभएका कुरालाई उठाएर हैरान बनाउने, डिमोरलाईज्ड गर्ने हिसाबले कुरा उठाउनु, अर्काको राजनीतिक दृष्टिकोणमाथि बारम्बार प्रहार गर्नु राम्रो होइन । यो सत्य हो नेपालमा कम्युनिष्ट र कांग्रेस छन् । अहिले दुई तिहाईकै सरकार छ । र यो व्यवहारमा जाँचिने छ । को लोकतन्त्र र स्वतन्त्रताको पक्षधर ? को कुरा मात्रै गर्ने भन्ने कुरा । ”

उनले १५ साल देखिका प्रसंग उल्लेख गर्दै कांग्रेसलाई आफ्नो विगत सम्झन सचेत गराए ।

उनले भने “२०५८ सालपछि मिडिया जगतमा के भएको थियो ? अन्तराष्ट्रिय संस्थाहरुले नेपाललाई के भनेका थिए ? पत्रकारका लागि सबै भन्दा ठूलो कारागार भनेर भनेका थिए । कसको पालो थियो ? लोकतन्त्र कल्ले किस्तिमा राखेर बुझाएको थियो ? प्रेस स्वतन्त्रताको शिकारीहरुको सूचीमा को परेको थियो ? मैले लगाएको आरोप होइन ?आई एफ जे ले लगाएको कुरा हो ।”

पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रममा नपर्न बाँस्कोटाले आग्रह गरे ।सरकारले ल्याएका विधेयकका बारेमा नभएका कुरा प्रचार गर्ने काम भएको उनको भनाइ थियो ।

उनले भने “मलाई थाहा छैन । हामीलाई त कसैले पनि प्रेश स्वतन्त्रताका शिकारीहरु भनेर उपमा दिएको छैन । र हामीले त्यो भोग्न पनि नपरोस् । हामी त्यसतर्फ सचेत छौ । सरकारले विधेयकै ल्याउन नहुने थियो भने यसभन्दा अगाडि के ल्याउने गर्नुहुन्थ्यो ? के गरि सरकार चलाउने गर्नुहुन्थ्यो ? कानुन विना ? नियम विना ? विधिको शासन हो कि के हो ? ”

गुठीयारहरुलाई आफुले सामन्तवाद नभनेको  उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले भने “जनतालाई सामन्ती भनेको होइन । पूँजीवाद पनि छ साम्राराज्यवाद पनि छ । सामन्ती सोचहरु पनि छन् । यो चाँही साँचो हो । ”

प्रेस माथि बाह्य र प्रेस आफैले श्रृजना गरेका चुनौति रहेको भन्दै मन्त्री बाँस्कोटाले प्रेस माथि सरकार वा कहीँ कतैबाट पनि खतरा नरहेको बताए । मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेसमाथि अंकुश लगाउने काम नभएको र आग्रह छाडि सकारात्मक सुझावको सम्बोधन हुने बताए ।
उनले लोक कल्याणकारी विज्ञापनमा कसैलाई विभेद नगरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ३९ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध