प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज « Khabarhub

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर भइरहेको अनेक परिचर्चाले बिहीबारदेखि करिब टुंगो पाएको छ।

तीन महिनादेखि अमेरिकामा सांगीतिक टुरमा रहेका यी दुईजनाले सामाजिक सञ्जालमा अनेक भिडियो, फोटो र पोस्ट हालिरहेपछि फ्यानहरूले सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए ।

तर उनीहरूले आफूहरूबीच दाजुबहिनीको सम्बन्ध रहेको बताउँदा पनि सामाजिक सञ्जालमा भाइटीकाको प्रतिक्षा गरिरहेको कमेन्टको ओइरो लागिरहेको थियो ।

तर उनीहरूले अमेरिकामै रहँदा भाइटीका लगाएका छन् । त्यसपछि एलिनाले टिप्णी गरिन्, ‘दाजुबहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज !’

उनी प्रतापसँग भाइटीका लगाएसँगै नेपाल यात्रामा निस्किएकी छन् । ‘धेरै समयपछि आफ्नै देश फर्किन पाउनु एउटा असिम खुशी हो । नेपाल फर्किन पाउँदा मन अत्यन्त खुशी छ’, उनले लेखेकी छन् ।

यसअघि आफूहरू दाजुबहिनी भएको जवाफ दिन एलिना-प्रतापले अमेरिकाबाटै तिहार गीत पनि सार्वजनिक गरे । तर फ्यानहरूले गीतले नहुने भाइटीका नै आउनुपर्ने भन्दै प्रश्न गरिरहे ।

उनीहरूले अमेरिकाको सांगीतिक टूरमै रहेका बेला नाचगानका भिडियो र फोटो साझा गरिरहेका थिए । तर सामाजिक सञ्जालमा ‘सुन्दर जोडी’ भन्दै टिप्पणी पनि गरियो ।
तर आफूहरू दाजुबहिनी भएको बताउँदै आएका उनीहरूले तिहारको भाइटीकाको शुभमूहुर्तमा गीत ल्याउँदै आलोचकलाई जवाफ दिएका थिए । त्यो गीत सार्वजनिक पनि भइसकेको छ ।

यसअघि एलिनाले गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामीले कहिले बनाउने ? भनेर टिप्पणी पनि गरेकी थिइन् । विष्णु सापकोटासँग डिभोर्स भएपछि एलिना अहिले सांगीतिक करिअर बनाउनमै केन्द्रित छिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : २४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६