नक्कली एटीएम कार्ड प्रयोग गरी २० लाख झिकेपछि… « Khabarhub

नक्कली एटीएम कार्ड प्रयोग गरी २० लाख झिकेपछि…


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ‘फ्रड प्लाष्टिक म्यागनेटिक कार्ड’ को प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकका विभिन्न एटीएमबाट २० लाख रुपैयाँभन्दा बढी निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई शुक्रबार सार्वजनिक गरेको हो । व्यूरोको टोलीले उनलाई बिहीबार पक्राउ गरिएको जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

पाण्डेलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : १२ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको