नक्कली एटीएम कार्ड प्रयोग गरी २० लाख झिकेपछि… « Khabarhub

नक्कली एटीएम कार्ड प्रयोग गरी २० लाख झिकेपछि…


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ‘फ्रड प्लाष्टिक म्यागनेटिक कार्ड’ को प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकका विभिन्न एटीएमबाट २० लाख रुपैयाँभन्दा बढी निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई शुक्रबार सार्वजनिक गरेको हो । व्यूरोको टोलीले उनलाई बिहीबार पक्राउ गरिएको जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

पाण्डेलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : १२ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।