मध्यरात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा जे देखियो (फोटो फिचर) « Khabarhub

मध्यरात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा जे देखियो (फोटो फिचर)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यरातमा काठमाडौंबासी मस्त निद्रामा हुन्छन्, तर त्रिभुवन विमानस्थल जाग्छ । अन्तर्राष्ट्रिय विमानको उडान रातभरिका लागि रोकिन्छ र विमानस्थल निर्माणको काम धमाधम थालिन्छ ।

राति करिव ११ बजेको समय । हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेर धावनमार्गतर्फ लाग्दा धेरैजसो काठमाडौंबासी मस्त निन्द्रामा थिए । तर, त्यही समयमा विमानस्थलको धावनमार्गमा सयौं मजदुरहरु धमाधम काम गरिरहेका देखिन्थे । चारैतर्फ बलेका झलमल्ल बत्ति र त्यसको मुनि विमानस्थलका पदाधिकारीदेखि मजदुरसम्म सबै कार्यरत थिए ।

हामी पुग्दा कतै धमाधम डोजर चलिरहेको थियो त कतै ड्रेस लगाएका मजदूर गिटी र अलकत्राको मिश्रण बनाउँदै थिए । भर्खरै मात्र अवतरण भएका विमान, पार्किङमा पुग्नासाथ कोही अलकत्राको ड्रम गुडाएर आगो बालिएको स्थानसम्म पुर्‍याउँदै थिए भने कोही बडेमानका ट्रेलर गाडिले धावन मार्ग सम्याउँदै थिए ।

कोही अनौठो मेसिन जडित सवारी चलाएका देखिन्थ्यो । यतिमात्र होइन, कसैले धुलो उडाउन मेसिनको प्रयोग गर्दै थिए त कोही धमाधम कुचो लगाइरहेका थिए ।

यसरी रातारात काम गरिनुको पछाडि विमानस्थलको मापदण्ड अन्तर्राष्ट्रियस्तरको बनाइनु हो । १९७५/७६ तिर बनेको यो विमानस्थल जसलाई १० बर्षमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाइने भनिएपनि टालटुल पार्दै काम चलाउँदै आएको थियो । विमानस्थल व्यवस्थापनले झण्डै ४२ बर्षपछि अर्थात गत चैत्र १८ गतेदेखि पूर्ण मर्मतको कार्य थालेको छ ।

धावनमार्ग पुनर्निर्माणको जिम्मा चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यस कामका लागि विमानस्थलमा २ सय २० जना कामदार दैनिक अबेर रातिदेखि बिहान ८ बजेसम्म खटिने गरेका छन् । जसमा आधाजसो जनशक्ति नेपाली रहेको छ भने बाँकी चिनियाँ छन् ।

४ अर्ब २७ करोड रुपैयाँको लागतमा चिनियाँ सरकारी कम्पनी चाइना नेसनलले ठेक्का लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माण हालको पिच भत्काएर नयाँ बनाउने काम निकै कठिन भएकाले मध्यरातमा गरीएको हो ।

३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा २० सेन्टिमिटर बाक्लो कालोपत्रे गर्ने काम सकिएको छ । अहिले दोस्रो चरणको साढे ६ सेन्टिमिटर मोटो कालोपत्रे गर्ने काम थालिएको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले जनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, पर्यटक भ्रमण बर्ष २०२० मा २४ सैं घण्टा विमानस्थल सञ्चालनको लक्ष्य राखि पुस महिना भित्र निर्माण सक्ने गरी अहिले धावनमार्गको पुननिर्माणको कार्य भइरहेको हो ।

जुन २९ सम्म धावनमार्गको पिचको काम सक्ने र सेटेम्बरबाट फेरि काम थाल्ने विमानस्थल प्रशासनको लक्ष्य छ । बिचको जुलाई र अगष्टका महिनामा अत्यधिक बर्षा हुने भएकाले धावनमार्गमा १ सय ५० भन्दा बढी सवारी साधनको प्रयोग गरी पिचिङको कामलाई तीव्रता दिइएको विमानस्थलले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : २१ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी