राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित « Khabarhub

राष्ट्रियसभा बैठक सोमबारसम्मका लागि स्थगित


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ। नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर आधा घण्टा पछि सुरु भएको दोस्रो बैठक सुरु हुनवित्तिकै कांग्रेस सांसदहरुले फेरि उभिएर बैठक अवरुद्ध पारेका थिए। उनीहरुले बैठकको कार्वाही अघि बढाउन बसेर सहयोग गरिदिन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूची हटाएका थिए।

सोमबार राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूची तय गरिएको थियो।

त्यसैगरी संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्ताव माथि सामान्य छलफल गर्ने तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूची तय गरिएको थियो।

तर कांग्रेस संसदहरुले उठेर अवरोध गरेपछि सबै कार्यसूची हटाइएको व्यहोरा राष्ट्रियभासका अध्यक्ष तिमिल्सिनाले सदस्यहरुलाई जानकारी गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तनहुँमा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला क्यान्सर अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको हो।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ३ : १८ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब