प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो : देउवा | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो : देउवा


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा आज सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताउनुभयो । “सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ”, उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाउनुभयो । “नब्बे प्रतिशत राष्ट्रिय योजना काङ्ग्रेस सरकारकै पालामा सुरुआत भएका हुन्”, उहाँले भन्नुभयो, “कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन ।”

नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाउनुभयो । कम्युनिष्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन एक भएपछि काङ्ग्रेस पार्टी एकजुट हुने अपेक्षा गर्दै सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेको बताउनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ३ : ५७ बजे

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा