यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर « Khabarhub

यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि  इटाली जाने गर्छन् ।

इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको पीआरका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरुले आवेदन पनि दिने गरेका छन् ।

कसले पाउँछन् इटालीको पीआर ?

इटालीले दुई वर्गीकरणमा पीआरको व्यवस्था गरेको छ । युरोपेली युनियनका सदस्य मुलुक तथा अन्य युरोपेली मुलुकका नागरिकलाई दिइने पीआर र युरोप बाहिरका मानिसहरुलाई दिइने पीआरको किसिम पनि फरक छ ।

नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकले प्राप्त गर्ने पीआर पाउन अन्य युरोपेली मुलुकका नागरिकले भन्दा केही बढी प्रक्रिया पुर्‍याउनुपर्छ ।

त्यस्तै, इटालीले आर्थिक समस्याका कारण मुलुक छाडेर इटाली पुगेका आप्रवासीलाई पीआर दिँदैन ।

इटालीको पीआरका लागि निम्न योग्यता पुगेको हुनुपर्छ

– इटालीमा कम्तीमा ५ वर्ष बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआर आवेदकले आफू इटालीमा आउँदा प्राप्त गरेको अस्थायी बसोबास अनुमतिपत्र पेश गर्नुपर्छ ।

– कानूनी प्रक्रिया पूरा गरी इटाली आएको निश्चित गर्नुपर्छ । यसका लागि आफू इटाली आउँदा विमानस्थलको प्रहरी कार्यालयले जारी गरेको दर्ता प्रमाणपत्र पेश गर्नुपर्छ ।

– पीआरका आवेदन दिने बेला इटालीमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । यसका लागि वैध अस्थायी ठेगाना वा भाडामा बस्दा गरेको सम्झौता पेश गर्नुपर्छ ।

– इटालीमा आफ्नै कमाईमा स्वाबलम्बी रहेर बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआरको आवेदन दिँदा आफ्नो तलब, कर, रोजगारदाताको सम्झौताको विवरण पेश गर्नुपर्छ ।

– इटालीमा बसोबास गरिरहेको गरेर पीआरका लागि आवेदन दिने आवेदक विगतमा कुनै आपराधिक वा गैरकानूनी कार्यमा संलग्न हुनुहुन्न । त्यस्तै, आवेदकले सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा खतरा नपुर्‍याउने भनी स्थानीय प्रशासनले प्रदान गर्ने प्रमाणपत्र पेश गर्नुपर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : २४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री