पट्रोल होइन अब हावाबाटै चल्छ मोटरसाइकल ! « Khabarhub

पट्रोल होइन अब हावाबाटै चल्छ मोटरसाइकल !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरु दिनप्रतिदिन अनेक खोज तथा अनुसन्धान गरिरहेका हुन्छन् ।

यस्तो खोजमा उनीहरुले केही न केही सफलता हात पारिरहेका हुन्छन् । यस्तै हालै भारतमा एक जनाले हावाबाट चल्ने मोटरसाइकलको निर्माण गरेका छन् ।

भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्ष पहिला एउटा एअर इन्जिनको आविष्कार गरेका थिए । जसले अहिले आएर एअर बाइकको रुप लिएको छ ।

यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम मानिसको कम खर्चमा बाइक चढ्ने रहर पूरा गर्ने विश्वास गरिएको छ ।

एअर बाइक तयार गर्ने वैज्ञानिकको विश्वास छ कि यो बाइक सञ्चालनमा ल्याउन सके इन्धनको खपत पनि कम हुनेछ र ग्लोबल वार्मिङको समस्या पनि कम हुँदै जानेछ ।

भारतराज सिंहले निर्माण गरेको आविष्कारमा धेरै खर्च लागेको जनाइन्छ ।उनी हाल एउटा इन्जिनियरिङ कलेजमा एसोसिएट डाइरेक्टर छन्। उन लाई विश्वास छ कि यदि उनको यो आविष्कार सञ्चालनमा आए प्रदूषण ५० प्रतिशतले घट्नेछ ।

यो आविष्कारको मुख्य उद्देश्य भनेको गाडीमा पेट्रोल वा डिजल प्रयोग गर्नुको साटो तिनलाई हावाबाट चल्न इन्जिन तयार पार्नु नै हो ।

उनले एउटा आल्मुनियमको सिलिन्डर बनाएर त्यसलाई जडान गरेर हावाबाट चल्ने इन्जिन बनाएका छन् । त्यो इन्जिनको प्रयोग पहिला उनले बाइकमा गरे । जुन निकै सफल रह्यो । सिंहका अनुसार यो इन्जिन जडान गरेर चलाइएको बाइकले केबल ५ रुपैयाँमा ४० किलोमिटरको यात्रा आरामले सफर गर्न सकिन्छ ।

हावाबाट चल्ने इन्जिनले बाइकको गतिमा खासै नकारात्मक असर पारेन । यो इन्जिनिजडित बाइक प्रतिघन्टा ७०–८० को गतिमा सजिलै चलाउन सकिन्छ । सिंहले आफ्नो यो आविष्कारलाई वैधानिकता दिन भारत सरकारसमक्ष पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : २१ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि