विमानस्थल पुग्नै लाग्दा प्रशान्त महासागरमा यसरी डुबेको थियो यो बोइङ « Khabarhub

विमानस्थल पुग्नै लाग्दा प्रशान्त महासागरमा यसरी डुबेको थियो यो बोइङ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन २०१८ मा भएको एक विमान दुर्घटनाको रिपोर्ट अहिले सार्वजनिक भएको छ । एयर न्यूगिनी एयरलाइन्सको विमान माइक्रोनेशियामा ल्याण्ड गर्नुपर्ने थियो ।

तर विमान रनवेभन्दा ठिक अगाडि प्रशान्त महासागरमा खसेको थियो ।  पपुवा न्यूगिनी दुर्घटना अनुसन्धान आयोगले आफ्नो फाइनल रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– विमानको अटोमेटिक सिस्टमले पटक पटक चेतावनी दिएको थियो तर पाइलटले त्यसलाई बेवास्ता गरे ।

जतिबेला विमान समुद्रमा डुब्यो त्यतिबेला विमान र रनवेको दूरी १५०० फिट मात्र बाँकी थियो । सेप्टेम्बर २०१८ मा भएको यो दुर्घटनाको जाँच रिपोर्ट हालै सार्वजनिक भएको हो । रिपोर्टमा दुर्घटनाको कारणबारे उल्लेख छ गरिएको छ ।
रिपोर्टका अनुसार विमानको सिस्टमले चेतावनी दिएको थियो ।

आवाज र लाइटको माध्यमबाट सन्देश दिइएको थियो । दुर्घटनाको बेला ककपिटमा रेकर्ड गरिएको एक भिडियो पनि जारी गरिएको छ । भिडियोमा को पाइलटले ‘हामी धेरै तल छौं, हामी धेरै तल छौं’ भनिरहेको सुन्न सकिन्छ । विमान समुद्रमा डुबेपछि ३४ जनालाई बचाइएको थियो ।

एक जनाको भने मृत्यु भएको थियो । रनवे नजिकै दुर्घटना भएका कारण कैयौं डुंगाहरु तत्काल विमाननजिक पुगेका थिए । अमेरिकी नेभीले धेरैजसो यात्रुको उद्धार गरेको थियो ।

जाँच रिपोर्टमा पाइलटको नाम उल्लेख गरिएको छैन । तर, रिपोर्टमा प्रस्ट भनिएको छ कि उनले कैयौं चेतावनी सन्देशलाई अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ३२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात