रोनाल्डोले जित्लान त मेस्सीलाई ? « Khabarhub

रोनाल्डोले जित्लान त मेस्सीलाई ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलमा सधै चर्चामा रहन्छन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । उनीहरुको खेलका विषयमा फुटबल प्रेमीहरुले पनि पक्ष लिएर मत राख्छन् । सर्वाधिक फेन फलोइङ भएका यी खेलाडीमा को उत्कृष्ठ भनेर सँधै बहस हुने गरेको छ । अर्जेन्टिनाका मेस्सी र पोर्चुगिज रोनाल्डो अहिलेको पुस्ताकै महान खेलाडी हुन् ।

मेस्सी र रोनाल्डोबीच सँधै को उत्कृष्ट भन्नेमा विवाद रहँदै आएका छन् । दुई खेलाडीबीच कीर्तिमान बनाउने होड नै चल्छ । पछिल्लो १० वर्ष विश्व फुटबलमा कहिले रोनाल्डो त कहिले मेस्सीले विविध कीर्तिमान बनाउदै आएका छन् । अन्य खेलाडी रोनाल्डो र मेस्सीको छेउछाउ पुग्नै सकेका छैनन् ।

रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्ने विवाद रहिरहदा सर्वाधिक ‘म्यान अफ दि म्याच’ बन्ने खेलाडीमा भने रोनाल्डोलाई मेस्सीले जितेका छन् ।

सन् २००९ /१० देखि हालसम्म भएको खेलमा मेस्सी सर्वाधिक बढी म्यान अफ दि म्याच बनेका छन् । मेस्सीले २ सय ३९ पटक म्यान अफ दि म्याच पाएका छन् ।

रोनाल्डोले भने १ सय ४० पटक म्यान अफ दि म्याच बनेका छन् ।

सर्वाधिक म्यान अफ दि म्याच बनेका पाँच खेलाडीहरु :

१. लियोनल मेस्सी – २३९
२. क्रिस्टियानो रोनाल्डो – १४०
३. इडेन हजार्ड – ९१
४. ज्लाटन इब्राहिमोबीच – ८५
५. लुइस स्वारेज – ६२

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५९ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका