‘बार्सिलोनासँग सम्झौता पश्चात खुसीका आँशु झरे’ « Khabarhub

‘बार्सिलोनासँग सम्झौता पश्चात खुसीका आँशु झरे’


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –पूर्व एट्लेटिको मड्रिड तथा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले भावुक भएको बताएका छन् । विश्व विजेता खेलाडी ग्रिजम्यान केही समय अगाडिमात्रै बार्सिलोनामा अनुबन्ध भएका थिए । ग्रिज्म्यानलाई बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

५ बर्षको सम्झौतासँगै ग्रिजम्यान बार्सिलोनासंग अनुबन्ध भएका हुन् । उनले मार्कासँगको कुरा कानीमा आफुलाई बार्सिलोनासँग अनुबन्ध भइसकेपछि निकै खुसी भएको बताए । ‘निकै खुसी भएको छ । विना कुनै दबाब । म मेरो विदा राम्रोसँग सम्पन्न गरेर नयाँ चुनौति आउँदा स्वीकार्न तयार भएको थिए । मलाई नयाँ ड्रेसिङ रुमले स्वागत गर्दै थियो । खेलाडीले स्वागत गर्दै थियो, त्यस्तै, प्रशिक्षक र स्टाफहरुले स्वागत गर्दै थिए,’ ग्रिज्म्यानले भने ।

ग्रिज्म्यानले भने,‘मैले बुबालाई फोन गरे र म खुशीले रुन थाले । किनकी जहाँ थिए त्यहाँ सबैथोक राम्रो भएको थियो । २८ वर्षे ग्रिजम्यानले मार्का छाटो अन्तवार्तामा भने,‘म मेरो साथीहरु, श्रीमती र बच्चाहरुसँग थिए । जुन अविश्वसनीय क्षण थियो ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ५० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ