शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई थप दुई स्वर्ण | Khabarhub Khabarhub

शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई थप दुई स्वर्ण


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।

च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।

पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए । जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।

पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे ।

च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते । यसैगरी टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पार्‍यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : १० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत– गिरीघाटस्थित सडकमा गुटुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.५ ख १७४१ नम्बरको गाडीबाट

उदयपुरबाट करिब २ सय ४० किलो गाँजा बरामद

उदयपुर– बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय

बढुवा भएका सशस्त्रका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो