अमेरिकामा तापक्रम १०० डिग्री फरेनहाइट नाघ्यो, न्यूयोर्कमा संकटकाल घोषणा « Khabarhub

अमेरिकामा तापक्रम १०० डिग्री फरेनहाइट नाघ्यो, न्यूयोर्कमा संकटकाल घोषणा


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकामा केही दिन यता गर्मी एकाएक बढेको छ । आधीभन्दा बढी क्षेत्रको तापक्रम १०० डिग्री फरेनहाइट अर्थात ३७ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

गर्मीका कारण विभिन्न ठाउँमा गरी ८जनाले ज्यान गुमाएको जनाइएको छ । मृत्यु हनेमा पूर्वी अमेरिकाको मेरिल्याण्डका ६ जना रहेका छन् भने मध्य अमेरिकाको अर्कान्सास र एरिजोनाका एक एकजना रहेका छन् ।

गर्मीका कारण अमेरिकाको पूर्वी तथा मध्यक्षेत्रका झण्डै २० करोड मानिस प्रभावित भएका छन् । पूर्वी न्युयोर्कलेखि मध्यपश्चिम मिनेसोटासम्म अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ ।

मानिसहरूलाई आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ । यसैगरी बाल्टिमोर, वासिंटन डिसीलगायतका कैयन सहरमा आपतकालीन योजनाहरू घोषणा गरिएका छन् । चिकित्सकहरूले गर्मीबाट जोगिनका लागि सुझाव दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५७ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक