नेकपाको सचिवालय बैठक आज, विभागका प्रमुख र जिल्ला इन्चार्ज तोकिँदै « Khabarhub

नेकपाको सचिवालय बैठक आज, विभागका प्रमुख र जिल्ला इन्चार्ज तोकिँदै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आइतबार (आजको) बैठकले केन्द्रीय विभाग, जिल्ला इञ्चार्ज सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को चयनको विषय एजेन्डामा समेटिएको जानकारी दिए ।

यसैबीच यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ । आइतबार पूर्व माओवादी तर्फका नेताहरुको बैठक बसेको छ । यसअघि आइतबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने ।

पूर्व एमालेले भने आफ्नो भाग परेको केन्द्रीय विभागका लागि नेताहरुको चयन गरेको छ । जस अन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै अर्का नेता झलनाथ खनाललाई नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने वामदेव गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ ।

बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ।

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ। परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन्।

नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ। लेखापरीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ। त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : २९ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न