घर भित्र ओछ्यानमा दिन भर आराम गरेर गयो बाघ ! « Khabarhub

घर भित्र ओछ्यानमा दिन भर आराम गरेर गयो बाघ !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको बाढीग्रस्त आसाम राज्यका एक व्यापारीको घर भित्र ओछ्यानमा बाघ आराम गरिरहेको अवस्थामा फेला परेपछि तहल्का मच्चिएको छ ।

उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका भारतीय सञ्चारमाभ्यमहरुले जनाएका छन् ।

बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको उक्ता बाघ सुख्खा ग्रस्त क्षेत्र खोज्दै उक्त घरमा आश्रयका लागि पुगेको अनुमान गरिएको छ ।

वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ। उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो। काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ।

घर भित्र ओछ्यानमा बसेको बाघलाई दिनभर त्यहाँ बस्न दिइएको थियो । थकित अवस्थामा देखिएको बाघलाई साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले जङ्गलतर्फ धपाएका थिए । जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो।

कतिपय जनावर उक्त राष्ट्रिय निकुञ्जभित्र रहेको राष्ट्रिय राजमार्ग पार गरेर नजिकैको पहाडतर्फ जान खोज्दा सडक दुर्घटना परेर पनि मरेका छन्। भारत वन्यजन्तु कोषका अनुसार उक्त बाघलाई पनि सुरुमा बिहीवार बिहान सो राजमार्ग छेउमा देखिएको थियो।

सो बाघलाई उद्धार गर्ने टोलीका अगुवा रथिन बर्मनका अनुसार स्थानीय समय बिहान साढे सात बजे बाघ घरभित्र पसेको बीबीसीलाई जनाए । त्यो बघिनी निकै थकित रहिछे र दिनभरि आराम गरि,” उनले भने । “सबभन्दा ठूलो कुरो के भने कसैले पनि बाघको निद्रालाई खल्बल्याएनन्। यस क्षेत्रमा वन्यजन्तुप्रति निकै सम्मान छ,” बर्मनले भने।

कसरी धपाइयो बाघ ?

पछि संरक्षण अधिकारीहरूलाई डाकेर बाघलाई सुरक्षित रूपमा धपाइएको थियो। त्यसक्रममा बाघलाई जगाउन पटाका पड्काएको थियो। अनि राजमार्गमा एक घण्टा सवारी आवागमन रोकाइएको थियो। साँझ साढे ५ बजेतिर बाघ अन्तत: त्यहाँबाट उठेर जङ्गलतर्फ लाग्यो।

काजीरङ्गा निकुञ्जमा ११० बाघ रहेको ठानिन्छ। बाढीमा कुनै पनि बाघ मरेका छैनन्। तर सातवटा गैँडा तथा एक हात्ती मरेका विवरण आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : ५९ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका