राहदानी बनाउने महिलाको संख्या बढ्दै पुरुषको घट्दै | Khabarhub Khabarhub

राहदानी बनाउने महिलाको संख्या बढ्दै पुरुषको घट्दै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आर्थिक वर्ष २०७५/७६ मा सवा ५ लाख राहदानी जारी भएको छ। गत आर्थिक वर्षमा ३ लाख ६० हजार ४ सय ६५ पुरुष र १ लाख ५४ हजार ६ सय ७५ जना महिला गरी ५ हजार १५ हजार १ सय ४६ जनालाई राहदानी वितरण गरेको राहदानी विभागले जनाएको छ। आर्थिक वर्ष २०७४/७५ भन्दा गत आर्थिक वर्षमा राहदानी बनाउने संख्या घटेको विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५/७६ को तंथ्याकमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ८३ हजार पुरुष र १ लाख ४८ हजार ६ सय ३० महिला गरी ५ लाख ३१ हजार ६ सय ३३ जना राहदानी बनाएको विभागको तंथ्याकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा राहदानी बनाउनेको संख्या १६ हजार ४ सय ९० जना कम कम छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै महिलाहरुले राहदानी बनाएको विभागको तंथ्याकमा छ। गत आर्थिक वर्षमा ६ हजार ४५ जना धेरै महिलाले राहदानी बनाएको विभागले जनाएको छ।

विभागले विभागको कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालयमार्फत सकंलित र विदेशस्थित कूटनीतिक नियोगमार्फत संकलित राहदानी जारी गर्दै आएको छ। विभागले निलो (कुटनीतिक) हरियो र रातो राहदानी जारी गदै आएको छ। पछिल्लो समय द्रुत सेवाअन्र्तगत एक दिनमा राहदानी लिन चाहनेले १५ हजार, आज आवेदन दिएर भोली राहदानी लिन चाहनेले १२ हजार र आज आवेदन दिएर ३ दिनपछि राहदानी लिन चाहनेले १० हजार रुपयाँ तिर्दै आएको विभागले जानकारी दिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनमा यो आर्थिक वर्षमा राहदानी लिनेको संख्या घटेको राहदानी विभागका उपसचिव तथा प्रवक्ता तिर्थराज अर्यालले बताए। विभागले अहिले औसतमा मासिक ५० हजार नेपालीलाई राहदानी जारी गदै आएको प्रवक्ता अर्यालले बताए। ‘विभागले गएका २ वर्षदेखि द्रुतसेवामार्फत राहदानी लिन चाहने सेवाग्राहीलाई फाराम भरेको १० मिनेटमा नै राहदानी उपलब्ध गराउदै आएको छ,’ उनले भने, ‘विभागले केन्द्रमा मात्र नभई जिल्लाबाट पनि एक हप्तामा द्रुतसेवामार्फत राहदानी वितरण गर्ने तयारी गरिरहेको।’ सन् २०२० देखि इ पासपोर्ट जारी गर्ने योजना बनाएको पनि उनको भनाइ छ।

५९ लाख ७३ हजारका हातमा एमआरपी

पछिल्लो एक दर्शकमा ६० लाख नेपाली नागरिकले मेशिन रिडेबल पासपोर्ट(एमआरपी) बनाएको विभागले जनाएको छ। सरकारले सन् २०१० डिसेम्बरदेखि हस्तलिखित राहदानीका ठाँउमा एमआरपी जारी गदै आएको छ। यो समयदेखि यता ४८ लाख ४० हजार ९ सय ७ जना पुरुष र ११ लाख ३५ हजार ३ सय ७५ महिला गरी ५९ लाख ७३ हजार ३ सय ११ जनाले एमआरपी लिएको विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा ६ लाख ८९ हजार ९ सय ९२ जनालाई विदेशस्थित विभिन्न देशका कुटनीतिक नियोगबाट एमआरपी जारी गरेको विभागको तंथ्याकमा छ।

आर्थिक वर्ष २०७२/७३ मा धेरै एमआरपी जारी भएको थियो। यो वर्ष ११ लाख ४९ हजार २ सय ६३ जना पुरुष र १ लाख ८७ हजार ५ सय ७५ महिला गरी १३ लाख ३६ हजार ८ सय ३८ जनाले एमआरपी लिएको विभागले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०७१/७२ मा १ लाख ५१ हजार ५ सय ९३ जना महिला र ८ लाख ६१ हजार १ सय ४६ जना पुरुष गरी १० लाख १२ हजार ७ सय ३९ जनाले एमआरपी लिएको विभागको तंथ्याकमा उल्लेख छ। विभागका अनुसार औसतमा वार्षिक साढे ५ लाख राहदानी जारी गदै आएको छ।

तीन प्रकारको राहदानी जारी

सरकारले अहिले तीन किसिमका राहदानी वितरण गर्दै आएको छ। कुटनीतिक राहदानीका रुपमा रातो रंगको राहदानी वितरण गरिन्छ भने विशेष राहदानीका रुपमा निलो रंगको राहदानी वितरण गरिने गरिएको छ। त्यस्तै आम सर्वसाधारणका लागि वितरण गरिने हरियो रंगको साधारण राहदानी रहेको विभागले जनाएको छ।

गएका १० वर्षमा विभागले ६ हजार १ सय कुटनीतिक राहदानी जारी गरेको छ। विभागले यो अवधिमा १५ हजारभन्दा धेरै विषेश राहदानी जारी गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ०१ बजे

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका