राहदानी बनाउने महिलाको संख्या बढ्दै पुरुषको घट्दै « Khabarhub

राहदानी बनाउने महिलाको संख्या बढ्दै पुरुषको घट्दै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आर्थिक वर्ष २०७५/७६ मा सवा ५ लाख राहदानी जारी भएको छ। गत आर्थिक वर्षमा ३ लाख ६० हजार ४ सय ६५ पुरुष र १ लाख ५४ हजार ६ सय ७५ जना महिला गरी ५ हजार १५ हजार १ सय ४६ जनालाई राहदानी वितरण गरेको राहदानी विभागले जनाएको छ। आर्थिक वर्ष २०७४/७५ भन्दा गत आर्थिक वर्षमा राहदानी बनाउने संख्या घटेको विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५/७६ को तंथ्याकमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ८३ हजार पुरुष र १ लाख ४८ हजार ६ सय ३० महिला गरी ५ लाख ३१ हजार ६ सय ३३ जना राहदानी बनाएको विभागको तंथ्याकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा राहदानी बनाउनेको संख्या १६ हजार ४ सय ९० जना कम कम छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै महिलाहरुले राहदानी बनाएको विभागको तंथ्याकमा छ। गत आर्थिक वर्षमा ६ हजार ४५ जना धेरै महिलाले राहदानी बनाएको विभागले जनाएको छ।

विभागले विभागको कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालयमार्फत सकंलित र विदेशस्थित कूटनीतिक नियोगमार्फत संकलित राहदानी जारी गर्दै आएको छ। विभागले निलो (कुटनीतिक) हरियो र रातो राहदानी जारी गदै आएको छ। पछिल्लो समय द्रुत सेवाअन्र्तगत एक दिनमा राहदानी लिन चाहनेले १५ हजार, आज आवेदन दिएर भोली राहदानी लिन चाहनेले १२ हजार र आज आवेदन दिएर ३ दिनपछि राहदानी लिन चाहनेले १० हजार रुपयाँ तिर्दै आएको विभागले जानकारी दिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनमा यो आर्थिक वर्षमा राहदानी लिनेको संख्या घटेको राहदानी विभागका उपसचिव तथा प्रवक्ता तिर्थराज अर्यालले बताए। विभागले अहिले औसतमा मासिक ५० हजार नेपालीलाई राहदानी जारी गदै आएको प्रवक्ता अर्यालले बताए। ‘विभागले गएका २ वर्षदेखि द्रुतसेवामार्फत राहदानी लिन चाहने सेवाग्राहीलाई फाराम भरेको १० मिनेटमा नै राहदानी उपलब्ध गराउदै आएको छ,’ उनले भने, ‘विभागले केन्द्रमा मात्र नभई जिल्लाबाट पनि एक हप्तामा द्रुतसेवामार्फत राहदानी वितरण गर्ने तयारी गरिरहेको।’ सन् २०२० देखि इ पासपोर्ट जारी गर्ने योजना बनाएको पनि उनको भनाइ छ।

५९ लाख ७३ हजारका हातमा एमआरपी

पछिल्लो एक दर्शकमा ६० लाख नेपाली नागरिकले मेशिन रिडेबल पासपोर्ट(एमआरपी) बनाएको विभागले जनाएको छ। सरकारले सन् २०१० डिसेम्बरदेखि हस्तलिखित राहदानीका ठाँउमा एमआरपी जारी गदै आएको छ। यो समयदेखि यता ४८ लाख ४० हजार ९ सय ७ जना पुरुष र ११ लाख ३५ हजार ३ सय ७५ महिला गरी ५९ लाख ७३ हजार ३ सय ११ जनाले एमआरपी लिएको विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा ६ लाख ८९ हजार ९ सय ९२ जनालाई विदेशस्थित विभिन्न देशका कुटनीतिक नियोगबाट एमआरपी जारी गरेको विभागको तंथ्याकमा छ।

आर्थिक वर्ष २०७२/७३ मा धेरै एमआरपी जारी भएको थियो। यो वर्ष ११ लाख ४९ हजार २ सय ६३ जना पुरुष र १ लाख ८७ हजार ५ सय ७५ महिला गरी १३ लाख ३६ हजार ८ सय ३८ जनाले एमआरपी लिएको विभागले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०७१/७२ मा १ लाख ५१ हजार ५ सय ९३ जना महिला र ८ लाख ६१ हजार १ सय ४६ जना पुरुष गरी १० लाख १२ हजार ७ सय ३९ जनाले एमआरपी लिएको विभागको तंथ्याकमा उल्लेख छ। विभागका अनुसार औसतमा वार्षिक साढे ५ लाख राहदानी जारी गदै आएको छ।

तीन प्रकारको राहदानी जारी

सरकारले अहिले तीन किसिमका राहदानी वितरण गर्दै आएको छ। कुटनीतिक राहदानीका रुपमा रातो रंगको राहदानी वितरण गरिन्छ भने विशेष राहदानीका रुपमा निलो रंगको राहदानी वितरण गरिने गरिएको छ। त्यस्तै आम सर्वसाधारणका लागि वितरण गरिने हरियो रंगको साधारण राहदानी रहेको विभागले जनाएको छ।

गएका १० वर्षमा विभागले ६ हजार १ सय कुटनीतिक राहदानी जारी गरेको छ। विभागले यो अवधिमा १५ हजारभन्दा धेरै विषेश राहदानी जारी गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ०१ बजे

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि विपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी