स्कुल विभागले नेकपामा समस्या, पूर्व एमाले र माओवादीको दाबी « Khabarhub

स्कुल विभागले नेकपामा समस्या, पूर्व एमाले र माओवादीको दाबी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्व पूर्व माओवादी नेताहरुको बैठक बसेको छ ।

दिउँसोका लागि तय भएको सचिवालय बैठकमा जानुअघि पूर्व माओवादीले आफ्नो भागमा परेका विभागको नेतृत्वका बारेमा छलफल गरेको थियो ।

नेकपाको आजको बैठकमा जिल्लाका इन्चार्ज, सहइन्चार्ज, विभिन्न आयोग र मञ्चको पनि टुंगो लगाउने तयारी गरिएपछि पूर्व माओवादीले यसबारेमा छलफल गरेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पूर्व माओवादी नेताहरुको बैठकले आफ्नाो भागमा परेको विभागको नेतृत्व टुंगो लगाएको छ ।

स्कुल विभागले समस्या

विभाग मध्येको एक स्कुल विभागमा पूर्व एमाले र पूर्व माओवादी दुबैले दाबी गरेपछि समस्या देखिएको छ । स्कुल विभाग पूर्व एमालेले नेता ईश्वर पोखरेललाई दिने तयारी गरेपनि पूर्व माओवादी खेमाले पनि उक्त विभाग नछोड्ने स‌ंकेत गरेको छ ।

नेता नारायणकाजीले विहानको बैठकमा आफूले स्कुल विभाग नछोड्ने बताएसँगै समस्या देखिएको पूर्व माओवादीका एक नेताले बताए ।

“प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने विषयमा कुराकानी भएको थियो’ ति नेताले भने,’तर उहाँले स्कुल विभाग नछोड्ने कुरा गर्नुभयो ।’

बैठकमा अन्य नेताले पनि जनताको जनवादको विरोधमा रहँदै जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा बनाउनुपर्छ भन्दै वकालत गरिरहेका ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने धारणा राखेका थिए ।

नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट