जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी « Khabarhub

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यका लागि अन्तिम पटक सूचना जारी गरेको छ । 

यसअघि सञ्चालन गरिएका विभिन्न चरणका वर्गीकरण प्रक्रियामा छुट्न गएका घाइतेहरूलाई लक्षित गर्दै यो सूचना प्रकाशित गरिएको हो।

प्रशासनका अनुसार छुट भएका घाइतेहरूको वर्गीकरण आगामी २०८२ चैत २० गते शुक्रबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा गरिनेछ ।

वर्गीकरण प्रक्रियामा सहभागी हुन इच्छुक घाइतेहरूले आफूले उपचार वा स्वास्थ्य परीक्षण गराएका सक्कल कागजातहरू तथा घाइते परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

 ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले यसअघि २०८२ मङ्सिर ५, मङ्सिर १२ र माघ १८ गते अधिकांश घाइतेहरूको वर्गीकरण गरिसकेको छ ।

विभिन्न कारणवश ती मितिहरूमा उपस्थित हुन नसकेकाहरूका लागि यो अन्तिम अवसर भएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १२ : ०८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष