टिचिङ अस्पतालमा महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने « Khabarhub

टिचिङ अस्पतालमा महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।

अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।

“कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भने । अस्पतालको ३७औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मिर्गाैला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिए ।

विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ । गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए ।

अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो । कार्यकारी निर्देशक प्रा डा खड्काले चालू आवमा अस्पताललाई रु ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिए ।

पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थाेपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए ।

संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ । ती कलेजले शैक्षिक सत्र २०७४/७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन् ।

संस्थानले काठमाडौं बाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । कार्यक्रममा त्रिविविका उपकुलपति प्रा डा तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको