बालबालिकामा पनि मोटोपनको समस्या, बाबुआमाको भूमिका के ? « Khabarhub

बालबालिकामा पनि मोटोपनको समस्या, बाबुआमाको भूमिका के ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  पछिल्लो समय वयस्क व्यक्तिमा मात्रै नभइ बालबालिकामा पनि मोटोपनको समस्या देखिन थालेको छ । यसको प्रमुख कारण खानपान नै हो ।

बेलायतका बालबालिकासम्बन्धी स्वास्थ्यविद्हरुले गरेको अध्ययनले खानपानका कारण बालबालिकाको उचाइअनुसारको मोटाइको अनुपात नभएको पाएको छ । तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको हो ।

अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ । उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ । बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि उनीहरुलाई फकाउन तथा खुशी बनाउनका लागि दिनुहुँदैन । त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ ।

ध्यान दिनु पर्ने कुराहरुः

अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए ।

नर्सहरूको उक्त टोलीले आमाहरूलाई शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुबाको भन्दा आमाको बढी भूमिका हुन्छ भन्ने कुरामा प्राथमिकता दिएको थियो ।

त्यसरी दिइएका सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए ।

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो । बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाको उचाइ र तौलको अनुपात कम देखियो । यसो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो । अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथि अनुगमन गरिराख्छन् ।

बानी बसाल्न आवश्यक

यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कंदो उमेरका बालबालिकाको मोटोपनको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्वपूर्ण हुने बताए ।

‘सानै उमेरमा मोटोपना भएका बालबालिकामा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ । तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बढी तौल भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् । यो चक्रमा तपाईं कहाँ फेरबदल गर्नुहुन्छ ? हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ ।’

बेलायतमा पनि तथ्याङ्कहरूले समान खालका समस्याहरू देखाउँछन् । प्राथमिक विद्यालय सुरु गर्नुअगावै त्यहाँ झन्डै एक चौथाइ बालबालिकामा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झन्डै एक तिहाइ पुगिसकेको हुन्छ ।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्‍याउने बताएकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २० बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च