ल्वाङ एक फाइदा अनेक ! « Khabarhub

ल्वाङ एक फाइदा अनेक !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्वाङ स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ । यसको प्रयोग मसला र औषधिको रुपमा हुँदै आएको छ । मसलाको रुपमा प्रयोग भएपनि यसले स्वास्थ्यमा पनि फाइदा पुगोस् भन्नका लागि यसको प्रयोग हुने गरेको हो ।

जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्‍याउँछ । यसलाई प्रयोग गर्ने केही विधीहरु पनि रहेका छन् ।

एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने गर्नुपर्छ यसो गर्दा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुग्दा ।

पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर सेवन गर्दा निकै फाइदा पुग्छ । केही दिनसम्म यसको प्रयोग गरेका राहत पाउन सकिन्छ ।

मुखमा घाउ भएको छ भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने गरेमा मुखमा भएको घाउ निको हुन्छ ।

८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।

गर्धन् दुः खेको छ भने तोरीको तेलमा केही वटा ल्वाङ पिसेर मिसाउने र गर्धनका मसाज गर्ने गर्दा दुखाइको अन्त्य हुनेछ ।

दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाएर दुखेको दातमा राख्दा दुखाइ कम हुन्छ ।

एक कप उमलिएको पानीमा दुर्इवटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।

दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५