तीनवटै फर्म्याटको कप्तानी कोहलीलाई, पाण्ड्यालाई आराम « Khabarhub

तीनवटै फर्म्याटको कप्तानी कोहलीलाई, पाण्ड्यालाई आराम


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले वेष्ट इन्डिजसँग हुने टेष्ट, एकदिवसीय र ट्वान्टी–ट्वान्टी शृङ्खलाका लागि छुट्टा–छुट्टै टोली घोषणा गरेको छ । आइतबार घोषणा गरेका तीनवटै टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् ।

भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले सार्वजनिक गरेको टेष्ट टोलीमा कप्तान विराटसँगै माङ्यक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्या रहाने, हनुमा विहारी, रोहित शर्मा, रिसब पन्त, रिद्धिमान शाह, रविचन्द्र अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शामी, जसप्रीत बुम्रराह र उमेश यादव छन् ।

बीसीसीआईले घोषणा गरेको टोलीमा युवा खेलाडी हार्दीक पाण्ड्याले आराम पाउँदा अर्का स्टार खेलाडी जसप्रित बुम्रराह टेष्ट टोलीमा मात्र छन् भने अनुभवि खेलाडी तथा पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी टोलीमा अटाएका छैनन् ।

यस्तै भारतको एकदिवसीय अन्तरराष्ट्रिय शृङ्खलाका लागि कोहलीकै कप्तानीमा रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, रिसब पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चाहल, केदार जादभ, मोहम्मद शामी, भुवनेश्वर कुमार, अलील अहमद र नवदीप सैनी छन् ।

भारतले अगष्ट पहिलो सातादेखि सेप्टेम्बर तेस्रो साता सम्म वेस्ट इन्डिजसँग दुई टेष्ट तथा तीन एकदिवसीय र ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

यस्तै, ट्वान्टी–ट्वान्टी खेल्ने टोलीमा कप्तान विराटसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, रिसब पन्त, क्रुनाल पाण्डेय, रविन्द्र जडेजा, वासिंटन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, दीपक चाहर, खलील अहमद, दीपक चाहर र नवदीप सैनी छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ३३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि