सभामुख महराले प्रतिनिधिसभाको नियमावली आत्मासात गर्न नसकेको कांग्रेस नेताको आरोप « Khabarhub

सभामुख महराले प्रतिनिधिसभाको नियमावली आत्मासात गर्न नसकेको कांग्रेस नेताको आरोप


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको नियमावलीलाई आत्मासात गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेस सांसद विश्वकर्माले सभामुख महरालाई सरकारको लाचार छाँयाको रुपमा पनि चित्रण गरे । आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीलाई आत्मासात नगरेकै कारण सभामुख महराले मुलुकमा वर्षाले विपत्ति ल्याउँदा पनि जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा बैठक स्थगित गरेको भन्दै आपत्ति जनाए ।

सांसद विश्वकर्माले सभामुख महराले प्रतिनिधिसभा बैठक खोल्न आफ्नो पार्टीले गरेको आग्रहलाई पनि बेवास्ता गरेको दावी गरे । नियमावली अनुसार संसद सूचारु हुनुपर्नेमा सभामुख महराले आफूखुसी संचालन गरिरहेको पनि सांसद विश्वकर्माको दावी छ ।

कांग्रेस सांसद विश्वकर्माले नियमावली अनुसार नै अघि बढेकाले राष्ट्रिय सभा बैठक भने स्थगित नभएको पनि स्मरण गराए । उनले राष्ट्रिय विपत्तिका बेला पनि प्रतिनिधिसभा बैठक आगामी श्रावण ८ गतेसम्म स्थगित हुनु दूर्भाग्य भएको टिप्पणी पनि गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ४४ बजे

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार