होसियार, सेल्फी लिनेलाई ‘मृत्युदण्ड’ ! « Khabarhub

होसियार, सेल्फी लिनेलाई ‘मृत्युदण्ड’ !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेल्फी लिंदै हुनुहुन्छ ? त्यसो हो भने सतर्क रहनुहोला । किनकी सेल्फी लिनेलाई मृत्युदण्ड सम्मको सजाय हुने भएको छ । तर तपाईं ढुक्क हुनुहोस् यो नियम नेपालको भने होइन ।

थाइल्याण्डको फुटेक आइल्याण्डको चर्चित समुद्री तटमा नियम विपरित सेल्फी लिने पर्यटकलाई अधिकतम सजाय ‘मृत्युदण्ड’ हुने भएको हो । थाइल्याण्डको सुरक्षा अधिकारीले तट नजिकैबाट फ्लाइट हुने भएकाले मानिसहरूलाई सेल्फीमाथि कडाइ गर्दै सजायको चेतावनी दिएको छ ।

सुरक्षाअधिकारीहरुका अनुसार, सेल्फीका कारण विमानस्थलका कर्मचारीहरू हैरान भएका छन् । तर, चेतावनीपछि पनि पर्यटकहरूले सेल्फी भने खिचिरहेकै छन् । थाइल्याण्ड सुरक्षा अधिकारीका अनुसार, नजिकैबाट उडिरहेको विमानका चालकको ध्यान सेल्फी लिनेहरूतर्फ जान सक्ने र खतरा उत्पन्न हुन सक्ने भएकाले पर्यटकहरूलाई चेतावनी दिइएको हो ।

अधिकारीहरूका अनुसार नियम तोड्ने पर्यटकलाई दिइने सजाय भनेको मृत्युदण्ड हो । यसका लागि तटमा एक घेरा बनाइनेछ, जहाँ पर्यटकलाई सेल्फी लिनबाट रोक लगाइनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : १५ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले