उमेरसँगै आँखामा देखिन्छ यस्ता समस्या « Khabarhub

उमेरसँगै आँखामा देखिन्छ यस्ता समस्या


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो आँखाले निदायको समय बाहेक हरसमय काम गरिरहेको हुन्छ ।  आँखाको सबैभन्दा अगाडि कोर्नियाको डल्लो हुन्छ। यही कोर्नियाको रंगिन आइरिसको बीचमा रहने पारदर्शी नानीबाट प्रवेश गरी प्रकाश आँखाको  रेटिनामा जान्छ।

नानीको ठीक पछाडि लेन्स हुन्छ, जुन लेन्सले खुम्च्याउने वा फैलाउने लिगामेन्ट वा रेशासँग जोडिएको हुन्छ। जब आँखाको नानीबाट प्रवेश गरेको प्रकाश लेन्स हुँदै रेटिनामा ठोकिन्छ, त्यहाँका टिस्युमा रहेका अप्टिक नर्भले हामीले हेरेको वस्तु सम्बन्धी जानकारी मस्तिष्कमा पुर्‍याउँछन् र हामीले ती वस्तु देख्छौं।

जन्मदेखि ३० वर्षको उमेरसम्म

हामी जन्मिदा आँखाभित्र रहेको लेन्स सफा र लचकदार हुन्छ भने त्यसमा जोडिएका जोनुल्स पनि सशक्त हुन्छ । उमेर बढ्दै गएसँगै लेन्सको लचक घट्दै जान्छ र जोनुल्स पनि कमजोर हुन्छन्। आँखाको आकार र दृष्टि वंशाणुगत रूपमा निश्चित हुने गर्छ। यसको अर्थ, उमेर बढ्दै गएपछि हामीलाई चश्मा वा दृष्टि सफा हुने उपकरण आवश्यक पर्न सक्छ।

आँखाको डल्लो धेरै लाम्चो भए हामी टाढासम्म प्रस्ट र सफा देख्न सक्दैनौं । यस्तै आँखाको डल्लो सामान्यभन्दा छोटो भए हामी नजिकको वस्तु प्रस्ट देख्न सक्दैनौं। त्यसैले दृष्टिमा वा देख्ने क्षमतामा फरक परेमा आँखा जचाउन जानुपर्छ।

४० वर्षको उमेरमा
४० वर्षको उमेर पछि आँखाले नजिकको दृष्टि केन्द्रित गर्ने क्षमता गुमाउन थाल्छ । यो समस्याको समाधानका लागि चस्मा प्रयोग गर्नुपर्छ । दृष्टिदोष भए वा नभए पनि ४० वर्षको उमेरमा एकपल्ट आँखा परीक्षण गराउनुपर्छ।

५० वर्षमाथि
५० वर्षभन्दा माथि उमेर लागेपछि आँखाका लेन्स कडा हुन थाल्छ । त्यसैले दृष्टि क्षमता अझै कमजोर हुन सक्छ । आँखाले नजिक र टाढा दुवै देख्न सक्दैन । ५० वर्षमाथिका व्यक्तिमा आँखा सम्बन्धि विभिन्न समस्या वा रोग लाग्न सक्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ५९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि