एभिसी सेन्ट्रल जोन भलिबलमा आज ३ खेल, नेपाल र माल्दिभ्स भिड्ने | Khabarhub Khabarhub

एभिसी सेन्ट्रल जोन भलिबलमा आज ३ खेल, नेपाल र माल्दिभ्स भिड्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज ३ खेल हुदैछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् ।

अघिल्लो चरण प्रवेशका लागि नेपालले आजको खेल जित्नु पर्ने छ । नेपाल र माल्दिभ्समध्येको बिजेता टीमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जीत बिहीन छ । समुह ‘ए’को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसँग पराजित भएका थिए ।

उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

समुह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित निर्विकल्प छ । खेल अपरान्ह ५ बजे शुरु हुनेछ ।

बुधबारनै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे शुरु हुने बताईएको छ । सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ ।

उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

दिनको अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द