एभिसी सेन्ट्रल जोन भलिबलमा आज ३ खेल, नेपाल र माल्दिभ्स भिड्ने « Khabarhub

एभिसी सेन्ट्रल जोन भलिबलमा आज ३ खेल, नेपाल र माल्दिभ्स भिड्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज ३ खेल हुदैछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् ।

अघिल्लो चरण प्रवेशका लागि नेपालले आजको खेल जित्नु पर्ने छ । नेपाल र माल्दिभ्समध्येको बिजेता टीमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जीत बिहीन छ । समुह ‘ए’को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसँग पराजित भएका थिए ।

उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

समुह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित निर्विकल्प छ । खेल अपरान्ह ५ बजे शुरु हुनेछ ।

बुधबारनै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे शुरु हुने बताईएको छ । सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ ।

उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

दिनको अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३३ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा