५९ हजार घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ « Khabarhub

५९ हजार घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले कुँवरलाई घुस लिइसकेको अवस्थामा पोखरा–७ मुस्ताङ चोकबाट नियन्त्रणमा लिएको हो ।

५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ४६ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ