चीनसँगको सहकार्य भारतविरोधी होइन– परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

चीनसँगको सहकार्य भारतविरोधी होइन– परराष्ट्रमन्त्री ज्ञवाली


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारतको संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन आज नेपाल आउँदैछन् । जहाँ उनले नेपाका समकक्षी प्रदीप ज्ञवालीसँग कुराकानी गर्नेछन् ।

जयशंकरको नेपाल भ्रमण अघि बीबीसी हिन्दी रेडियोले नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग कुराकानी गरेको छ । त्यसक्रममा मन्त्री ज्ञवालीले नाकाबन्दीलाई इतिहासको एउटा यथार्थ भन्दै अब अगाडिको बाटो हेर्नुपर्ने बताए।

‘नेपाल र भारतबीचको सम्बन्ध निकै बहुआयामिक र अन्योन्याश्रित रहेकाले मिलेर अगाडि बढ्नुको विकल्प छैन। विगतबाट दुवै देशले पाठ सिकेका छौँ तर त्यसको छायाँ वर्तमानमा पर्न दिने छैनौँ’ उनले भने ।

त्यस क्रममा नेपाल भारतको सम्बन्धलाई चलायमान बलाउने संयन्त्रमध्येको मन्त्रीस्तरीय सहअध्यक्षता हुने संयुक्त आयोगको बैठक अगाडि बढाइएको छ ।

चीनसँग नजिकिँदा भारतसँगको सम्बन्धमा पर्नसक्ने असरका बारे बीबीसीले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘भारतसँग हाम्रो विशेष सम्बन्ध छ तर चीन समेत हाम्रो छिमेकी हो। चीनसँगको सहकार्य भारतविरोधी होइन।’

ज्ञवालीले अहिलेको बैठक खासगरी दुई देशका प्रधानमन्त्रीबीच दिल्लीमा भएका समझदारीलाई अगाडि बढाउने आर्थिक मुद्दामा केन्द्रित हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ०२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित