‘मरिहाले हुन्थ्यो भन्ठान्ने’लाई आगामी चुनावको तयारी थाल्न प्रधानमन्त्रीको चुनौती « Khabarhub

‘मरिहाले हुन्थ्यो भन्ठान्ने’लाई आगामी चुनावको तयारी थाल्न प्रधानमन्त्रीको चुनौती


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका हुन् ।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे उनले जिद्दी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे । उनले भने“संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो । ”

ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गरे । विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिए । प्रधानमन्त्री ओलीले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष गरे ।

“अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन । मरिहालेदेखि हुन्थ्यो भनेर लागेका छन् । मलाई यस्ता प्रवृत्तिसंग केही भन्नु छैन’ ओलीले भने,‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाई अहिले देखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरि निरास होलान् पछि भनेर । धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ । ”

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली विहीबार पुन उपचारका लागि सिंगापुर जाँदैछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १२ : ०९ बजे

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण