भारतीय विदेशमन्त्री जयश‌ंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेटवार्ता | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयश‌ंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेटवार्ता


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र संचिव शंकर वैरागी तथा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका छन् ।

नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । भारतको परराष्ट्र मन्त्री बनेपछि उनी पहिलो पटक नेपाल आएका हुन् ।

२ दिन नेपाल बस्ने जयश‌करले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि (बिहीबार) बिहान साढे १० बजेको समय तय भएको छ ।

यस्तो छ जयशंकरको दुई दिने भ्रमण तालिका

आज काठमाडौं आइपुगेका जयशंकर भोलिसम्म नेपाल बस्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि उनी बालुवाटार पुग्ने र आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्गस्थित याक एण्ड यति होटल आइपुग्ने छन् ।

आयोगको बैठकमा उनी ६ बजेसम्म बस्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरको स्वागतमा साँझ ७ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना रात्रि भोजमा सहभागी हुनेछन् ।

त्यस्तै भोलि बिहान साढे १० बजे राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नेछन् । त्यसपछि उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १२ : ३७ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा