नगरपालिकाको निर्णय–आमाबुबाको खातामा पैसा जम्मा गर्नु पर्ने | Khabarhub Khabarhub

नगरपालिकाको निर्णय–आमाबुबाको खातामा पैसा जम्मा गर्नु पर्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुपर्ने नीति लिएको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । उनका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ । “ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छौं”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, “यो स्वच्छिक विषय हो ।”

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उनले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिए । “हामीले सबैमा आह्वान गरेका छौं, गत महीनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने ।

नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उनले जानकारी दिए । ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए ।

नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उनको भनाइ छ । यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहुँदा समस्यामा पर्नेजस्तो कुरालाई यसले न्यूनीकरण गर्ने धारणा व्यक्त गरे ।

“नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ”, नगर प्रमुख श्रेष्ठले भने । यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उनको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ०४ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका