पोखरीको सट्टा पार्किङस्थल बनाउँदै ललितपुर महानगरपालिका « Khabarhub

पोखरीको सट्टा पार्किङस्थल बनाउँदै ललितपुर महानगरपालिका


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–ललितपुर महानगरपालिकासँगैको क्षेत्रमा पोखरी बनाउनेकी पार्किङ भन्ने विवाद अन्त्य भएको छ ।

ललितपुर महानगरपालिकाको कार्यालय भन्दा दक्षिणपट्टि रहेको स्थानमा १८ महिना अघि पोखरी निर्माण गर्ने कार्यको शुभारम्भ गरिएपछि विवाद उत्पन्न भएको थियो ।

ललितपुरमा पार्किङको अभाव रहेको र त्यसको व्यवस्थापन अघि उक्त स्थानमा पोखरीको सट्टा पार्किङ बनाउन सबै पक्ष एकमत भएपछि विवाद अन्त्य भएको हो ।

मंगलवार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकपछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर भएसँगै लामो समयदेखिको विवाद टुङिगएको हो ।

सहमतिपत्रमा महानगरको तर्फबाट वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन र वडा नं २० का अध्यक्ष चन्द्रलाल र सो स्थानमा पोखरी नै निर्माण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाको तर्फबाट नः त्वाः मंकाखलः का अध्यक्ष कदमलाल महर्जन र सदस्य बाबुराजा महर्जनले समेत हस्ताक्षर गरेका छन् ।

भ्रमण वर्ष सकिएसँगै पुखुको पोखरी निर्माण थालिने

सहमति पत्रमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सकिएसँगै अर्थात् सन् २०२१ जनवरीको तेस्रो साताबाट उक्त स्थानमा पोखरी निर्माण सुरु गर्ने उल्लेख गरिएको छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाइ लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै सञ्चालन गर्न लागिएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ