‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो « Khabarhub

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक सुरेश शाहीले यसपालीको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याका छन् ।

उनले यस पटक यो गीत पश्चिम नेपालको शैलीको होइन । उनले पूर्वेली गायिका बिनुसा राईसँग मिलेर पूर्वेली भाकामै यो गीत गाएका छन्।

सुमित्रा खड्काको शब्द रहेको ‘आँशु बरर…’ गीत आइतबार सार्वजनिक गरिएको छ । गीतमा संगीत पनि शाहीले नै दिएका छन् ।

गीतमा पारिवारिक सम्बन्धदेखि वैदेशिक रोजगारीसम्मको कथा भनिएको छ। यस गीतमा सुनको मूल्य बढेकोमा पनि चिन्ता पोखिएको छ।

आफूले २२ वर्ष अगाडि लेखेको गीत यही वर्ष गर्न पाएको जानकारी गीतकार खड्काले दिएकी छन्। गीतकार व्यवसायी सुमित्रा खड्काले यो तीजमा आफूहरूको गीतमा महिलाहरूले नाचेर, गाएर भरपुर मनोरञ्जन लिने विश्वास गरिन्।

गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति पतिसँग गुनासो गरेकी छन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै उनले तीजमा गहना लगाउने चाहना पूरा गर्न नसकेको पीडा व्यक्त गरेकी छन्। त्यसको जवाफमा पतिले पनि आर्थिक अवस्थाको बाध्यता सुनाएका छन्।

गीतको अर्को अन्तरा भने सासू-बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्रको सामान्य भनाभनसम्मलाई गीतले हास्यरसमा प्रस्तुत गरेको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत् सम्बन्धमा समझदारी चाहिने सन्देश दिन खोजिएको छ।

त्यस्तै, नन्दले लगाउने कुरा र सासूको व्यवहारदेखि पति–पत्नीबीचको गुनासो पनि गीतमा समेटिएको छ। एउटै कुरा पटक–पटक भन्ने पतिको बानीदेखि आफूले बोलेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिम भाग अझै समसामयिक छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना पति भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो छ। विदेशमा रहेकाले सम्मान पाउने तर घरभित्रै आफन्तबाट अपहेलित हुनुपर्ने अवस्थालाई पुरुष पात्रले पीडाका रूपमा व्यक्त गरेका छन्।

तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी र दाम्पत्य जीवनका साना–ठूला गुनासालाई गीतले एउटै कथामा बुनेको छ। त्यसैले यो गीत केवल नाचगानका लागि मात्रै नभई नेपाली समाजको बदलिँदो पारिवारिक र आर्थिक अवस्थाको रमाइलो ऐना बनेको छ।

गीतमा भनिएको छ :

चेली रुँदा बाहिरको चोली मात्रै रुझ्ने हो !
मर्द रोको भित्रभित्र कसले बुझ्ने हो !!

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ४ : ३८ बजे

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक