भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बुधबारदेखि शुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भारतका पूर्व विदेशसचिव रहेका जयशंकर विदेशमन्त्री बनेपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

प्रधानमन्त्री ओलीसँग भेटमा नेपाल–भारत संयुक्त आयोगको बैठक, बैठकका केही एजेण्डा र दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ४४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा