भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता « Khabarhub

भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


४ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बुधबारदेखि शुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भारतका पूर्व विदेशसचिव रहेका जयशंकर विदेशमन्त्री बनेपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

प्रधानमन्त्री ओलीसँग भेटमा नेपाल–भारत संयुक्त आयोगको बैठक, बैठकका केही एजेण्डा र दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ भदौ २०७६, बुधबार  २ : ४४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले