‘मास प्रिन्टर’ जडानको काम शुरु, लाइसेन्स छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने « Khabarhub

‘मास प्रिन्टर’ जडानको काम शुरु, लाइसेन्स छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।

जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुको भन्दा कैयौँ गुणा बढी रहेको छ ।

विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए । ‘मास प्रिन्टर’ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ । उनले भने , “उपकरण नियमित सञ्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ ।”

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो । गत वर्ष नै ‘ग्लोबल टेन्डर’ मार्फत सो उपकरण खरीद प्रक्रिया अघि बढाइएको थियो । हाल विभागले झण्डै साढे नौ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने बताइएको छ ।

चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् ।

देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो ।

विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनका अनुसार क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने हुँदा विभागमा छाप्न बाँकी कार्डको सङ्ख्या नियमित रुपमा बढिरहेको थियो । विभागमा रहेका उपकरणहरुमा समयसमयमा समस्या आउने गरेको उनले बताए । सो उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार जर्मनीमा बनेका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो । उनले भने “कहिले कुन त कहिले कुन बिग्रिएर थन्किरहन्छन् ।”य

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ३९ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्पको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र