प्रहरीले उजुरी लिन नमानेपछि सरकारी वकिलको कार्यालय पुगिन् निकिता « Khabarhub

प्रहरीले उजुरी लिन नमानेपछि सरकारी वकिलको कार्यालय पुगिन् निकिता


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले उजुरी लिन नमानेपछि रवि लामिछानेकी पत्नी निकिता पौडेल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छिन् ।

सरकारी विद्युतिय प्रमाण किर्ते गरेको कसुरमा उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी निकिताको प्रारम्भिर उजुरी लिएर छलफल पछि प्रहरीले फिर्ता गरेको थियो । प्र्रहरीले उजुरी दर्ता लिन नमानेपछि निकिता बुधबार अबेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छिन् ।

‘उहाँहरु सरकारी वकिलको कार्यालय आउनु भएको छ’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधीवक्ता चन्द्रकान्त खनालले भने,‘यो विषयमा हामी छलफलमै छौं ।’

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन–२०७४ को दफा ५ को उपदफा १ मा प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेमा उजुरी दिने व्यक्तिले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

निकिताको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार लामिछानेसहितका तीन जना चितवन प्रहरीको हिरासतमा रहेका छन् । गत शुक्रवार पाँच दिनको लागि जिल्ला अदालतले थप अनुसन्धकानको लागि प्रहरीलाई समय दिएको थियो ।

मंगलबार(हिजो) प्रहरीले रविसहितका तीन जनामाथिको अनुसन्धान नसकिएको भन्दै भन्दै पुन समय थप गर्न माग गर्दै अदालतमा पेश गरेको थियो ।
अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुमा पत्रकार लामिछानेसहित तीन जनाको कारण रहेको बताएको भीडियो रेकर्ड गरेका थिए । तर उक्त भिडियो किर्ते गरि सार्वजनिक गरिएको भन्दै रवि पत्नी निकिताले उजुरी गर्न लागेकी छिन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ५५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ