चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस « Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले ३ जनालाई छनोट गरेको छ ।

समितिले प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएका ९ जनामध्येबाट ३ जनाको नाम छनोट गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको हो ।

सिफारिस समितिले एक नम्बरमा प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीको नामा सिफारिस गरेको हो ।

आयोगको उपाध्यक्ष पदका लागि ११ जनाले उमेद्वारी दिएकामा सिफारिस समितिले ९ जनालाई मात्रै अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनोट गरेको थियो । उनीहरुको साउन २६ र २७ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता भएको थियो ।

यसअघि आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले असार ९ गते प्रकाशित गरेको सूचनाका आधारमा दरखास्त दिएका ६ जनाको दरखास्त रद्द गरेको थियो । समितिले दोस्रोपटक आह्वान गरेको सूचनाको आधारमा दरखास्ती दिएका मध्ये प्राडा शेरचन, पहारी र गिरी छनोट भएका हुन् ।

सिफारिस समितिले छनोट गरेका ३ जनामध्येबाट एकजनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षका लागि नियुक्ती गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ३३ बजे

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल