चेम्बर अफ कमर्शको ‘तीज व्यापार मेला’को तयारी पूरा « Khabarhub

चेम्बर अफ कमर्शको ‘तीज व्यापार मेला’को तयारी पूरा


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा गर्न लागेको ‘तीज व्यापार मेला’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल महिला चेम्बरले ‘दोस्रो तीज व्यापार मेला–२०७६’ जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा यही भदौ ६ र ७ गते गर्न लागेको हो ।

महिला चेम्बरको सक्रियतामा आयोजना हुने तीज मेलालाई उपभोक्ता मेलाका रूपमा समेत लिने गरिन्छ । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टलको सहभागिता रहने र ५० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने चेम्बरले अपेक्षा गरेको छ ।

महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले गत वर्षदेखि मेलाको आयोजना गरिँदै आएको छ ।

मेलामा हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिइएको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन् ।

उनले यसपटक अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताइन् । महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गरिन् ।

मेलाको उद्घाटन कार्यक्रममा प्रदेश ३ प्रमुख अनुराधा कोइराला, सांसद तथा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, निर्माता तथा निर्देशक दिपाश्री निरौला लगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ५१ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको