नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने « Khabarhub

नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायतका विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुगन सकेन ।

बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।

यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असमति जनाए ।

प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : २६ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष