गोंगबुस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला « Khabarhub

गोंगबुस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको होटलमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको जानकारी दिए । ‘कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको थियो’, उनले भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । बिहान खाना खान बोलाउँदा पनि ढोका खोलेका थिएनन । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।

परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ०४ बजे

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई