सत्य निरुपणमा अध्यक्ष पद नस्वीकार्ने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ « Khabarhub

सत्य निरुपणमा अध्यक्ष पद नस्वीकार्ने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् ।

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले खबरहबसँग कुरा गर्दै भने, ‘यदी मलाई त्यो निर्णय गरिएको रहेछ भने त्यो पद स्वीकार्य छैन । मैले पनि सहमति भएको हल्ला सुनेको छु ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकमा सत्य निरुपणमा श्रेष्ठको नाममा सहमति जुटेको बताइन्छ ।

बैठकमा अधिवक्ता गोविन्द बन्दी र डा. सूर्य ढुंगेलको नाममा सहमतिको प्रयास गरिएपनि बन्दीलाई अध्यक्ष बनाउन कांग्रेस र ढुंगेललाई नेतृत्व दिन नेकपाका नेताहरु तयार नभएपछि रमणकुमार श्रेष्ठको नाममा सहमति जुटेको स्रोतले बतायो ।

२०७४ को चुनाव अगाडि कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकार भएका बेला उनी महान्यायाधिवक्ता थिए । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा भने पुरानै पदाधिकारीको टिम आउने भएको छ ।

संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा दुबै आयोगका पदाधिकारीबारे सैद्धान्तिक सहमति जुटाएको हो ।

वेपत्ता छानविन आयोगमा पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको टोली नै दोहोरिने भएको छ ।

यद्यपि यसबारे पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको सिफारिस समितिले नाम पठाएपछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘सम्भवत प्रधानमन्त्री सिंगापुरबाट फर्किएपछि मात्र निर्णय हुनेछ ।’

 

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ०१ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष