सत्य निरुपणमा अध्यक्ष पद नस्वीकार्ने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ | Khabarhub Khabarhub

सत्य निरुपणमा अध्यक्ष पद नस्वीकार्ने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् ।

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले खबरहबसँग कुरा गर्दै भने, ‘यदी मलाई त्यो निर्णय गरिएको रहेछ भने त्यो पद स्वीकार्य छैन । मैले पनि सहमति भएको हल्ला सुनेको छु ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकमा सत्य निरुपणमा श्रेष्ठको नाममा सहमति जुटेको बताइन्छ ।

बैठकमा अधिवक्ता गोविन्द बन्दी र डा. सूर्य ढुंगेलको नाममा सहमतिको प्रयास गरिएपनि बन्दीलाई अध्यक्ष बनाउन कांग्रेस र ढुंगेललाई नेतृत्व दिन नेकपाका नेताहरु तयार नभएपछि रमणकुमार श्रेष्ठको नाममा सहमति जुटेको स्रोतले बतायो ।

२०७४ को चुनाव अगाडि कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकार भएका बेला उनी महान्यायाधिवक्ता थिए । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा भने पुरानै पदाधिकारीको टिम आउने भएको छ ।

संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा दुबै आयोगका पदाधिकारीबारे सैद्धान्तिक सहमति जुटाएको हो ।

वेपत्ता छानविन आयोगमा पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको टोली नै दोहोरिने भएको छ ।

यद्यपि यसबारे पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको सिफारिस समितिले नाम पठाएपछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘सम्भवत प्रधानमन्त्री सिंगापुरबाट फर्किएपछि मात्र निर्णय हुनेछ ।’

 

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ०१ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई