नेताको गला धान्नै नसक्ने माला, राजा कै प्रतिनिधि ठान्ने नेताको प्रवृत्ति कहिले अन्त्य होला? « Khabarhub

नेताको गला धान्नै नसक्ने माला, राजा कै प्रतिनिधि ठान्ने नेताको प्रवृत्ति कहिले अन्त्य होला?


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रुपमा विकासित हुँदै गएको नागरिक दैनिकमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन् ।

बुधबार सिमरा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५१ किलोको माला लगाए । उनले २०७१ मंसिरमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा १८ किलोको माला लगाएका थिए ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोज २६ मा बालकोटस्थित निजी निवासमा ६३ किलोको मालासहितको स्वागत थापे । गत वर्ष मंसिरमा झापा पुगेका उनलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ माघ २९ मा रौतहटमा आयोजित कार्यक्रममा २५ किलोको माला लगाउँदा दंग देखिएका थिए । ०७२ माघ ९ मा मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा त उनलाई ४९ किलोको माला लगाइदिइएको थियो । वामगठबन्धनको चुनावी प्रचारमा पर्वतको कुश्मा पुगेका ओली र प्रचण्डलाई थाम्नै नसक्ने माला लगाएर स्वागत गरिएको थियो । यो क्रम प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीमा मात्र होइन युवा नेता तथा प्रदेशसभाका मुख्यमन्त्री तथा मन्त्रीहरुमा पनि छ ।

समाजशास्त्री तथा सिनासका निर्देशक प्राध्यापक मृगेन्द्र काकीले माला संस्कृति उपनिवेशवादी मानसिकताको उपज भएको बताएका छन् । नेताहरुमा राजाकै प्रतिनिधि ठान्ने प्रवृत्ति र जनतामा अहिले पनि रैतीकै भावना भएकाले माला संस्कृतिले प्राथमिकता पाएको कार्की बताउँछन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : २१ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक