नयाँ बानेश्वरमा किसुनजीको प्रतिमा « Khabarhub

नयाँ बानेश्वरमा किसुनजीको प्रतिमा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वर चोकस्थित प्रतिनिधिसभा भवन प्रवेशद्वार पश्चिमतर्फको छक्कुबक्कु पार्कमा सन्त नेता एवम् पूर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको अर्धकदको प्रतिमा स्थापना गरिने भएको छ ।

नेपाली कांग्रेसका सभापति तथा नेपाल पत्रकार संघका संस्थापक सभापति समेत रहिसकेका सन्त नेता स्व.भट्टराईकोे अर्धकदको ढलौट प्रतिमा निर्माण र स्थापनाको लागि लाग्ने करीव ९ लाख रुपैयाँ काठमाडौं महानगरपालिका १० नं वडा कार्यालय, काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जुटाउने बताइएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगरपालिका १० नं. वडा अध्यक्ष रामकुमार केसीले प्रतिमास्थलको शिलान्याश गरेका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले