बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक | Khabarhub Khabarhub

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागि हुने नेताहरू ढिलोगरी आउँदा निर्धारित समयभन्दा केही ढिलो मात्र बैठक शुरू भएको छ ।

आजको बैठकमा सचिवालयले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा नेतृत्वको कार्यदलसहित छलफल गरी पार्टी एकताको खाका तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूचि रहेको नेकपाले जनाएको छ ।

यसअघि सोमबार बसेको बैठकमा कार्यदल संयोजक थापाले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको थियो । प्रतिवेदन पूर्ण नभएका कारण कार्यदलको समय थप्ने की भन्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किएको थिएन ।

बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका विषयमा टुंग्याउन बाँकी १२/१३ वटा विषयलाई कार्यदलले टुंग्याउन नसकेका कारण कार्यदलसहित सचिवालको बैठकमा छलफल हुन लागेको जानकारी दिए ।

त्यसो त बुधबार धनगढी पुगेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका नेकपा कार्यकतामाझ अब चाँडै नै पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया सम्पन्न हुने र पार्टीलाई मजबुद बनाएर अघि बढाउने बताएका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : २० बजे

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको