काठमाडौं– पार्टी एकीकरणबारे सुझाव पेश गर्न गठिन कार्यदलबारे नेकपाको सचिबालय बैठक अनिर्णित बनेको छ ।
विहीवार विहान कार्यदलका सदस्यहरुसमेतको उपस्थितिमा बसेको सचिवाल बैठकमा कार्यदलका सदस्यहरुले एक हप्ता समय थप गर्न आग्रह गरेका थियो । तर सचिबालय बैठकले यसबारे केही निर्णय गर्न सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा थप छलफल आवश्यक भएकाले शुक्रबार विहान ९ बजे पुन बैठक बस्ने जानकारी दिए ।
कार्यदलसँग संयुक्त बैठकपछि सचिबालय बैठक छुट्टै बसेको थियो ।
मंसिरमा बसेकोे स्थायी समिति बैठकले पार्टी एकताको बाँकी कामलाई पूरा गर्न सिफारिश गर्ने गरि प्रतिवेदन तयार गर्नका लागि रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो । तर तोकिएको सयमा कार्यदलले कुनै निर्णय गर्न नसकेपछि पूर्ण नभएको प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।
प्रतिक्रिया