अदालतले दोषी ठहर गरेका व्यक्ति सम्पर्कविहीन, १३ सय वर्ष कैद र ८७ लाख जरिवाना बाँकी | Khabarhub Khabarhub

अदालतले दोषी ठहर गरेका व्यक्ति सम्पर्कविहीन, १३ सय वर्ष कैद र ८७ लाख जरिवाना बाँकी


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।

विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलाबमोजिम १३ सय १२ वर्ष ११ महीना १४ दिन कैद र ८७ लाख १५ हजार १८४ रुपैयाँ ५५ पैसा असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताए ।

केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको हो ।

“अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेका छौँ”, श्रेष्तेदार आचार्यले भने ।

अदालतले कैद तथा जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महीना रु १५० का दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २३ बजे

आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण 

काठमाडौं– हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने

रास्वपा भन्छ- ‘बजेट प्रक्रियाबाट आउँछ, सहमति जुट्छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्यालले

कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम

काठमाडौं– नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’

चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ?

काठमाडौं – गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन 

भद्रपुर– भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार