अनमोल भन्छन् – फिल्ममा नायिका को राख्ने भन्ने मेरो हातमा हुँदैन « Khabarhub

अनमोल भन्छन् – फिल्ममा नायिका को राख्ने भन्ने मेरो हातमा हुँदैन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय स्टारडम बनाएका अभिनेता अनमोल केसीको यतिबेला अझ बढी चर्चा छ । मिडियामा उनी निरन्तर छाइरहनुको कारण रिलिजको मुखमा रहेको फिल्म ‘क्याप्टेन’ हो ।

यो फिल्ममा उनी राष्ट्रिय हिरोको रुपमा फुटबल खेलाडीको भूमिकामा छन् ।

हरेक फिल्ममा नयाँ नायिकासँग देखिने अनमोलसँग काम गर्ने नायिकाहरुलाई लक्की नायिका पनि भन्ने गरिन्छ । यस्तै ‘क्याप्टेन’ बाट पनि एकसाथ दुई नायिकाले नेपाली रजतपटमा डेब्यु गर्दैछन्, प्रियंका एमभी र उपासना सिंह ठकुरी ।

अनमोललाई के आरोप पनि लाग्ने गर्छ भने उनले नयाँ फिल्मका लागि आफै नयाँ नायिकाहरु सिफारिस गर्ने गर्छन् । अनमोलले भने फिल्ममा कुन नायिका लिने भनेर कहिल्यै आफूले निर्णय नलिने बताए । उनका अनुसार उनले अनमोलले कतिपय नायिकालाई सेटमा आएपछि मात्र चिन्छन् ।

‘क्याप्टेनका नायिकाहरुलाई पनि मैले रिकमेन्ड गरेको होइन, निर्माण टिमले नै खोज्नुभएको हो ।’, अनमोलले खबरहबलाई सुनाए ।

फिल्म ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अभिनय पनि निर्देशन भट्टराईको नै छ । चलचित्रमा प्रियंका एमभी, उपासना सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

स्पार्टस् जानरामा निर्माण भएको यो फिल्म फागुन १७ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ५ : ५१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल