महिला विश्वकपको एसिया छनोटमा नेपाल थाईल्याण्डसँग पराजित | Khabarhub Khabarhub

महिला विश्वकपको एसिया छनोटमा नेपाल थाईल्याण्डसँग पराजित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपाली महिला टिम थाईल्याण्डसँग पराजित भएको छ । नेपाली टिम थाईल्याण्डसँग ५७ रनले पराजित भयो ।

पहिले ब्याटिङ गरेको थाईल्याण्डले नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको थियो । मध्यमखाले लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाली महिला टिमले २० ओभर खेल्दा ८ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले ४४ बलमा २९ तथा सीता रानामागरले ३८ बलमा १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

थाईल्याण्डसँगको हारले नेपालका लागि आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने संभावना कमजोर भएको छ ।

जारी छनोट प्रतियोगिताको बिजेता बनेको टिमले आईसीसी ट्वान्टी–२० विश्वकपको छनौट खेल्न पाउने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ०० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला