महिला विश्वकपको एसिया छनोटमा नेपाल थाईल्याण्डसँग पराजित « Khabarhub

महिला विश्वकपको एसिया छनोटमा नेपाल थाईल्याण्डसँग पराजित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपाली महिला टिम थाईल्याण्डसँग पराजित भएको छ । नेपाली टिम थाईल्याण्डसँग ५७ रनले पराजित भयो ।

पहिले ब्याटिङ गरेको थाईल्याण्डले नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको थियो । मध्यमखाले लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाली महिला टिमले २० ओभर खेल्दा ८ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले ४४ बलमा २९ तथा सीता रानामागरले ३८ बलमा १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

थाईल्याण्डसँगको हारले नेपालका लागि आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने संभावना कमजोर भएको छ ।

जारी छनोट प्रतियोगिताको बिजेता बनेको टिमले आईसीसी ट्वान्टी–२० विश्वकपको छनौट खेल्न पाउने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ०० बजे

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति